मधुमेह/चिनीरोग/सुगर बारे जान्नै पर्ने कुराहरु

मधुमेह /चिनीरोग /सुगर बारे जान्नै पर्ने कुराहरु

🖎सरिता गौतम, रजिस्टार्ड नर्स

शरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा शरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । 

जसका निम्न कारणहरू हुन्छन्ः

१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावकबाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।

२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल् हुँदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

४.व्यायामको कमी , अस्वस्थ आहार विहार , उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।

मधुमेहका प्रकार

मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।

क. टाइप वानः

यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

ख. टाइप टुः

यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

ग. जेस्टेसनल मधुमेहः

गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण    

१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने

२. बढि भोक लाग्ने , आखा तिरमिराउने

३. शरिरको वजन घट्ने , थकाइ महसुस हुने

४. वाकवाकी लाग्ने

५. लामो समयसम्म चोटपटक निको नहुने

५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ ।

रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ ।

मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।

मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२. रक्तचाप नियन्त्रण गर्ने

३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४. धुम्रपान र मध्यपान त्याग्ने

५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

मधुमेहीले खानै नहुने परिकारहरु : 

 चीनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन । 

यसैगरी, मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर आदि खानु मधुमेहीका लागि हानीकारक छ । तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी घ्यू, क्रिम, तर, पुरी, समोसा, चप, पिजा, सेल, फिनी, अर्सा, अनर्सा आदि खानु हुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन ।

मधुमेह /चिनीरोग /सुगर बारे जान्नै पर्ने कुराहरु

मधुमेहीलाई केही खाने कुरा निश्चित परिमाणमा खादाँ खासै असर गर्दैन । जस्तै: 

 कम खान हुने अन्नहरूमा चामल, गहुँ, मकै, फापर, कोदो, जौ आदि पर्दछन् । यसैगरी, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन आदि खान नहुने अन्नअन्तर्गत नै पर्दछ । गेडागुडी (दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) पनि कम खाँदा हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ ।

मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा

हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन् । पेय पदार्थमा चिनी तथा घ्यू नभएका (चिया, कफी, सुप) लिन सकिन्छ । मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । स्याक्रिन चक्कीले चिनीको जस्तो गुलियो स्वाद दिन्छ तर हानी भने गर्दैन । तर, मधुमेहसँगै अन्य समस्या पनि भए खानामा हेरफेर गर्नुपर्ने हुन्छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url