गर्भावस्थामा अभिभावक ले ध्यान ध्यान दिनुपर्ने कुराहरु

 

गर्भावस्थामा अभिभावक ले ध्यान ध्यान दिनुपर्ने कुराहरु

हरेक शिशु विशेष हुन्छन्। उनीहरूलाई विशेष बनाउन उनीहरूको शारीरीक तथा मानसिक विकासले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। शिशुको विकास दुई किसिमले हुन्छ- शारीरिक तथा मानसिक। शिशुको शारीरिक तथा मानसिक विकास जन्मनुअघि र जन्मिएपछिको अवस्थाले निर्धारण गर्छ। अझ जन्मपछि भन्दा पनि जन्मनुअघिका कुराले शिशुको वृद्धि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ। गर्भमा रहेको शिशुको वृद्धिविकास दुईटा कुरामा आधारित हुन्छ- वंशाणुगत र गर्भावस्था।

कतिपय शिशुको वृद्धिविकास वंशजका आधारमा हुने गर्छ भने गर्भावस्थामा गर्भवती महिलाले आफूलाई कत्तिको ध्यान दिएको छ, गर्भावस्थामा गरिएको क्रियाकलापका आधारमा पनि शिशुको शारीरिक तथा मानसिक विकास हुने गर्छ। उदाहरणका लागि, गर्भावस्थामा गर्भवती आमाले आइरन, क्याल्सियम लगायतका पोषणतत्वयुक्त खानेुकराको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ। आइरनको सेवनले गर्भवती महिलाको शरीरमा रगतकेा निर्माण हुन्छ जसले गर्दा गर्भमा रहेको शिुशको शारीरिक विकास राम्रोसित हुन्छ। त्यसैगरी, गर्भवती महिलाले गर्भमा आफूलाई कत्तिको ध्यान दिएको छ, त्यस कुराले पनि गर्भमा रहेको शिशुको विकास कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दछ। त्यसबाहेक, यस्ता कुराहरू पनि छन्, जसले शिशुको सम्रग विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ।

पौष्टिक तत्वको सेवन 

गर्भवती अवस्थामा आमाले कत्तिको पौष्टिक खाना सेवन गरेकी छिन्, त्यसको आधारमा पनि शिशुको विकास हुने गर्छ। उदाहरणका लागि, गर्भावस्थामा गर्भवती महिलाले जति धेरै आइरन सेवन गर्छिन् शिशुको शारीरिक तथा मानसिक विकास त्यति नै धेरै राम्रो हुने गर्छ।

जथाभावी औषधीको सेवन नगर्ने

गर्भवती आमाहरूले गर्भावस्थामा जथाभावी औषधीहरूको सेवन गर्नु हुँदैन। यसले गर्दा पनि शिशुको समग्र विकासमा असर पर्दछ। 

आराम गर्ने 

कैयौ गर्भवती आमाहरूले गर्भावस्थामा धेरै शारीरीक परिश्रम गर्नु पर्दछ, जसका कारण गर्भमा रहेको शिशुलाई समेत यसले प्रतिकूल असर पार्नसक्छ। यस्ता असरबाट शिशुलाई हानि नहोस् भन्नका लागि पनि गर्भावस्थामा महिलाहरूले पर्याप्त मात्रामा आराम गर्न जरुरी छ।

तनाव कम गर्ने 

गर्भावस्थामा गर्भवती महिलालाई धेरै तनाव भएमा पनि यसले शिशुलाई असर पार्नसक्छ। गर्भावस्थामा गर्भवती महिलालाई तनाव भएमा गर्भवती महिलाको नसा खुम्चने गर्छ। जसले गर्दा पाठेघरमा रक्तप्रवाह राम्ररी हुन सक्दैन र रगत तथा अक्सिजनको कमी भई शिशुलाई असर पार्छ। 

सकारात्मक सोचको विकास 

गर्भावस्थामा गर्भवती आमाहरूले जति धेरै सकारात्मक सोचको विकास गर्न सक्यो, उनीहरूबाट जन्मने शिशुहरू उत्तिनै स्वस्थ हुने गर्छन्। उनीहरूमा मानसिक समस्या हुने सम्भावना न्यून रहन्छ। शिशुहरूको वृद्धिविकास राम्ररी हुनुका साथै शिशुहरूमा समेत सकारात्मक सोचको विकास राम्ररी हुने गर्छ। गर्भावस्थामा नकारात्मक सोचको विकास भएमा तनावका कारण कम तौलको शिशु जन्मने, शिशुको मस्तिष्क राम्ररी विकास नहुने, शिशुमा गम्भीर मानसिक समस्या देखिने, समय अगावै शिशुको जन्म हुनेजस्ता समस्या देखिन सक्छन्।

विभिन्न रोगको जोखिम

त्यसैगरी, गर्भवती आमाहरूलाई उच्च रक्तचाप, मधुमेह लगायतका विभिन्न समस्या भएमा पनि यसले गर्भमा रहेको शिशुलाई असर पार्ने गर्छ। गर्भावस्थामा गर्भवती महिलाहरूलाई विभिन्न रोग लाग्नेमा त्यसको संक्रमणका कारण शिशुलाई पनि असर पार्छ।

शिशु जन्मेपछि

त्यसबाहेक शिशु जन्मेपछिको अवस्थाले पनि शिशुको वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। जन्मेको छ महिनासम्म शिशुले आमाको दूध राम्ररी सेवन गर्न नपाएको खण्डमा उसको वृद्धि विकास राम्ररी हुनसक्दैन। छ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दूधको साथमा अन्य खानेकुरा पनि सेवन गराउनु पर्छ। अन्यथा बालबालिकालाई आवश्यक पोषण पुग्दैन। बालबालिकालाई अन्य खानेकुरा ख्वाउँदा एक पटकमा एउटा खानेकुरा मात्र ख्वाउने गर्नुपर्छ। अन्यथा त्यस्ता खानेकुरा शिशुलाई नपच्न सक्छ । शिशुलाई हुनसक्ने एलर्जीको बारेमा पनि पत्ता लगाउन सकिन्छ।

बारम्बार विरामी परेमा पनि शिशुको वृद्धिविकासमा असर पर्ने गर्छ। त्यसैले सकेसम्म त्यस्ता रोग निरन्तर लाग्न दिनु हुदैन। आवश्यक परेमा तुरुन्तै अस्पताल लैजानु पर्दछ। शिशु जन्मनु अघि आमाको आहारलाई विशेष ध्यान दिनुपर्छ भने जन्मिसकेपछि शिशुको आहारमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ। त्यसको लागि शिशुलाई कुन उमेरमा कति प्रोटिन तथा क्याल्सियम आवश्यक छ, त्यसबारे जान्नु आवश्यक छ। शिशुको उमेर अनुसारको तौल तथा उचाइ भए नभएको तथा अन्य शारीरीरक विकासलाई पनि ध्यान राख्नु पर्छ। उमेर अनुसारको खोप लगाएर पनि शिशुको वृद्धि विकास सही तरीकाले गर्न सकिन्छ।

पर्याप्त मात्रामा सुताउने

बालबालिकाको शारीरिक विकास प्रायः सुतेको अवस्थामा हुने गर्छ। त्यसैले बालबालिकाहरूलाई रातको समयमा पर्याप्त मात्रामा निद्रा, सुताइ तथा आरामको आवश्यकता हुछ। बनलबालिकालाई कम्तीमा १० देखि १२ घण्टासम्म सुताउनु पर्छ। 

सरसफाइमा विशेष ध्यान पुर्‍याउने

शिशुहरूको वृद्धिविकासका लागि सरसफाइमा ध्यान दिनु आवश्यक छ। सरसफाइमा ध्यान दिन सकेको खण्डमा शिशुहरूलाई धेरै रोगहरूबाट जोगाउन सकिन्छ। नियमित सरसफाइ तथा स्नानलेे शिशुहरूलाई रुघाखोकी लाग्दैन र विभिन्न खटिराजन्य संक्रमणबाट जोगाउन सकिन्छ। नुहाउँदा बच्चाहरूलाई बनाइएका साबुन तथा सेम्पु प्रयोग गर्ने र राम्ररी पखाल्नु पर्दछ । त्यसैगरि आमाले पनि सरसफाइमा ध्यान दिन जरुरी छ। आमालाई संक्रमण भएमा बालबच्चालाई सरिहाल्ने सम्भावना हुन्छ। स्तनपान गराउने आमाले स्तनको मुन्टा (निप्पल) राम्ररी सफा गर्न विशेष ध्यान दिनुपर्छ । 


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url