सामान्य ज्ञान - इतिहास

 १. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?

👉 २०१२ चैत्र १८ गते

२. नरहरि शाह कहाँका राजा थिए ?

👉 लमजुङ

३. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ?

👉 नरेन्द्रदेव

४. मानगृह कसले निर्माण गरेका थिए ?

👉 मानदेव

५. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?

👉 भुपतीन्द्र मल्ल

६. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ?

👉 मानदेव

७. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ?

👉 चन्द्र शमशेर

८. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?

👉 नरेन्द्रदेव

९. कैलासकुट भवनको महिमा कहाको शिलालेखमा उल्लेख गरिएको छ ?

👉 सागाको सिलालेखमा

१०. बैस्णव मुद्रा प्रचलनमा ल्याउने लिक्ष्वी राजा को हुन ?

👉 अंशुवर्मा

११. नरेन्द्र देवले कहिले देखि कहिले सम्म साशन गरे ?

👉 ७०२- ७३६ सम्म

१२. लिक्ष्वीकालीन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थियो, १ पुराणमा कति पण हुन्थ्यो ?

👉 १६ पण

१३. भोटो जात्राको प्रचलन कसले गरे ?

👉 नरेन्द्र देवले

१४. सिकाली जात्रा ललितपुरको नेवार समुदाय संग सम्बन्धित छ भने वैरागी जात्रा कहा प्रचलित छ ?

👉 जुम्ला

१५. स्वयम्भुको ज्वतिलाई छोपी सोमाथी चैत्यको निर्माण गर्ने राजा को हुन ?

👉 प्रचन्ड देव

१६. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ??

👉 अनन्त मल्ल

१७. बनेपा, पनौंती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ??

👉 अनन्त मल्ल

१८. मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ??

👉 चौतारा

१९. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ??

👉 जगप्रकाश मल्ल

२०. भक्तपुरका अन्तिम राजा को थिए ??

👉 रणजीत मल्ल

२१. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??

👉 सिद्धिनरसिंह मल्ल

२२. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??

👉 महिन्द्र मल्ल

२३. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??

👉 रत्न मल्ल

२४. यक्ष मल्ल कसका छोरा थिए ??

👉 ज्योती मल्ल

२५. नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ??

👉 यक्ष मल्ल

२६. काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ ??

👉 यक्ष मल्ल

२७. समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ??

👉 जयस्थिति मल्ल

२८. जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ??

👉 ४३ वर्ष

२९. गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ??

👉 जयस्थिति मल्ल

३०. पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ??

👉 जयस्थिति मल्ल

३१. सेतो मछिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ?

👉 प्रताप मल्ल

३२. इन्द्रजात्रा कसले चलेका हुन् ?

👉 गुणकामदेव

३३. कुमारी पुजा गर्ने चलन कसले चलाएका हुन् ?

👉 गुणकामदेव

३४. गाईजात्रा कसले चलाएका हुन् ?

👉 जगत प्रकाश मल्ल

३५. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?

👉 जयप्रकाश मल्ल

३६. नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ?

👉 वंशज

३७. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ?

👉 मेजर ब्राडशा

३८. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?

👉 राणाकाल

३९. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?

👉 बि.सं १८४६

४०. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?

👉 बिरध्वज बस्नेत

४१. पाण्डिकी अड्डा काहाँ थियो ?

👉 सिंहदरवार

४२. गोरखा राज्यको स्थापना कहिले भयो ?

👉 बि.सं.१६१६ भाद्र २५

४३. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?

👉 राघवदेव

४४. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?

👉 देवशमशेर

४५. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?

👉 रणबहादुर शाह

४६. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?

👉 वि.स. १९९७ माघ १४ गते

४७. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?

👉 माथवरसिंह थापा

४८. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?

👉 राजा ज्ञानेन्द्र

४९. जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ?

👉 १ वर्ष २९ दिन

५०. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?

👉 श्री ५ त्रिभुवन

५१. नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?

👉 श्री ५ रणवहादुर

५२. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?

👉 वि.स. १९८१

५३. धर्म कचहरीको स्थापना कसले गरेका थिए ?

👉 जंगबहादुर राणा

५४. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?

👉 राजेन्द्र लक्ष्मी

५५. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?

👉 वि.स. १८२२

५६. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ?

👉 वि.स. १९९७ माघ १२

५७. नेपालमा राणाशासनको विरोधमा "जयतु संस्कृतम" आन्दोलन कहिले प्रारम्भ भएको थियो ?

👉 वि.स.२००४

५८. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?

👉 वि.सं. २०११

५९. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?

👉 वि.सं. २०१७

६०. हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ?

👉 प्रताप मल्ल

६१. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?

👉 गुणाङ्क

६२. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?

👉 दिगबन्धन सेन

६३. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ?

👉 कला बहादुर

६४. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?

👉 पाली

६५. लिक्ष्छवीकालमा 'कुथेर’ अड्डाको मुख्य कार्य के थियो ?

👉 राजस्व उठाउने

६६. लिच्छवीकालिन समयमा लगाइने "त्रिकर” भित्र कुन कुन कर पर्छन ?

👉 भाग भोग कर

६७. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ?

👉 लिंङंवल

६८. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?

👉 भोग

६९. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ?

👉 माप्चोक

७०. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ?

👉 चौतारिया

७१. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?

शुल्ली

७२. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?

👉 छेभडेल

७३. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?

👉 १२ जिल्ला

७४. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ?

👉 भिम शमशेर

७५. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ?

👉 वि.सं २०३१फाल्गुन १३

७६. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ?

👉 चन्द्र शमसेर

७७. द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?

👉 जुद्धशमशेर

७८. काल भैरवलाई हसाउने राजा को हुन् ?

👉 प्रताप मल्ल

७९. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?

👉 फत्तेजंग शाह

८०. पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ?

👉 वि.स. १८२५ असोज १३

८१. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए?

👉 पूर्वतर्फ

८२. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?

👉 वाइसे राज्य

८३. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ?

👉 वि.सं. १९०५

८४. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ?

👉 रणबहादुर शाह

८५. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?

👉 कोत पर्व

८६. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?

👉 वि.स.१९१४

८७. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ?

👉 अमरसिंह थापा

८८. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?

👉 मानदेव

८९. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ?

👉 पञ्च कचहरी र पञ्च समुच्चय

९०. राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ?

👉 सुब्बा

९१. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

👉 मातृका प्रसाद कोइराला

९२. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?

👉 सर्वदण्डनायक

९३. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो?

👉 चाँदतोडा

९४. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?

बलभद्र कुँवर

९५. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो?

👉 बिषय

९६. न्याय विकासिनी कसको दस्तावेज हो ?

👉 जयस्थिति मल्ल

९७. पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ?

👉 इन्द्रजात्रा

९८. अन्तिम किराती राजा को हुन् ?

👉 गस्ती

९९. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?

👉 सोमवंशी

१००. भूकम्पमा परी मर्ने राजा को हुन् ?

👉 अभय मल्ल

१०१. लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ?

👉 लिच्छविकाल

१०२. आफुलाई ”विद्या पारंगत” भनी लेख्ने राजा को हुन् ?

👉 जितामित्र मल्ल

१०३. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ?

👉 मनोरञ्जन

१०४. लाइव्रेरी पर्व कसको पालामा भएको थियो ?

-भिम शमशेर

१०५. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ?

👉 योगनरेन्द्र मल्ल

१०६. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ?

👉 रत्न मल्ल

१०७. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ?

👉 मानदेव

१०८. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?

👉 जंगबहादुर राणा

१०९. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ?

👉 यक्ष मल्ल

११०. अरुण नदीको पौराणिक नाम के हो ?

👉 महाप्रभा

१११. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ?

काठमाडौं

११२. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ?

👉 नरेन्द्रदेव

११३. मल्लपुरी कसले विजय गरेका थिए ?

👉 मानदेव

११४. गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ?

👉 प्रताप मल्ल

११५. नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ?

👉 गीर्वाणयुद्ध विक्रम शाह

११६. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

👉 रणजीत मल्ल

११७. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?

👉 जयप्रकाश मल्ल

११८. पाटनका अन्तिम मल्ल राजा को हुन् ?

👉 तेजनरसिंह मल्ल

११९. पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ?

👉 सिद्धिनरसिंह मल्ल

१२०. आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ?

👉 जगतप्रकाश मल्ल

१२१. पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?

👉 प्रचण्डदेव

१२२. घोडेजात्राको चलन कसले चलाएका हुन् ?

👉 जयप्रकाश मल्ल

१२३. विष्केट जात्राको चलन कसले चलाएका हुन् ?

👉 जगज्योती मल्ल

१२४. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ?

👉 विश्वजित मल्ल

१२५. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?

👉 शिवदेव तृतीय

१२६. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?

👉 वसन्तदेव

१२७. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ?

👉 मानदेव

१२८ं सी.एन.एन. हिरो २०१५ बाट सम्मानित म्यागी डोयन कुन सस्थासंग आबद्ध छिन ?

👉 कोपिल भ्याली चिल्ड्रेन होम [नेपालका अन्य सी.एन.एन. हिरोहरु: अनुराधा कोइराला(related to: माइती नेपाल) : २०१०, पुष्पा बस्नेत(related to : early childhood development center and butterfly home) : २०१२]

१२९. बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ?

👉 नेवार

१३०. सुचनाको हक नेपालको संविधान-२०७२ को कति औ धारमा रहेको छ?

👉 २७ औ

१३१. नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो?

👉 रूपमती

१३२. नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो?

👉 जलेश्वर

१३३. पाल्पा जिल्ला के को लागि प्रसिद्द छ?

👉 ढाका टोपी र करुवा

१३४. नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको छ?

👉 २० जना

१३५. नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो?

👉 मनाङ

१३६. अधिकबर्ष कति दिनको हुन्छ?

👉 ३६६

१३७. नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो?

👉 रौतहट

१३८. नेपालमा महिसपाल वंशका कति जना राजाहरुले जम्मा कति बर्ष शासन गरेका थिए?

👉 जम्मा ३ जना(१११बर्ष)

१३९. कुन किराती राजाको पालामा नेपालको पहाडी भागमा किरातरुपधारी शिव र अर्जुनबीच युद्ध भएको थियो ?

👉 हुमती (छैटो किरातीराजा)

१४०. किराती राजा यलम्बरको पुर्ण कदको शालिक कहा रहेको छ ?

👉 संखुवासभा

१४१. नेपालमा लिक्ष्ववी शासन व्यवस्था कहिले सुरु भएको थियो ?

👉 ई.पु ३००

१४२. नेपालमा लिक्ष्वीहरुको शासनकाल कति अवधि चल्यो ?

👉 ४०० बर्ष

१४३. ८०० किरातीहरु कहा मारिएका थिए?

👉 पाटनको च्यासलमा

१४४. अंशुवर्माले कति बर्ष शासन संचालन गरेका थिए?

👉 १६ बर्ष (६६२-६७८)

१४५. अंशुवर्माले वनायको कैलासकुट भवन कुन ठाउमा रहेको थियो ?

👉 देवपाटन

१४६. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ?

👉 शिवसिंह मल्ल

१४७. सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ?

👉 झापा र मोरंग


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url