नेपालसहित १४ सांसदमाथि कारवाही गरिरहनु नपर्ने निश्कर्ष

काठमाडौँ,

एमाले विभाजन भैसकेर अर्को पार्टी दर्ता भैसकेपछि एमाले छाडेका संसदहरुको बारेमा संसद सचिवालयले मुख खोलेको छ। एमालेले कारवाही गर्नु भनेर पठाएको माधव नेपालसहित १४ सांसदमाथि कारवाही गरिरहनु नपर्ने निश्कर्ष निकालेको छ। एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे आइतबार निर्णय गर्दै संसद सचिवालयले सो जानकारी गराएको हो।  माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने सचिवालयले जनाएको छ ।

संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले  भन्यो, ‘माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा एमालेले पठाएको पत्रबमोजिम कारवाही गर्नुपर्ने अवस्था रहेन ।’

माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

यही क्रम संसद सचिवालयले उनीहरु एमालेकै सांसद रहेको र एमालेले पठाएको पत्र विचाराधीन अवस्थामा रहेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेपछि त्यही आधारमा आयोगले सनाखत गरेर माधव नेपाल पक्षलाई नयाँ दलको मान्यता दिएको थियो ।

नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो । तर संसद सचिवालयले एमालेले दिएको पत्रमा निर्णय गर्न ढिलाइ गर्दै आएको थियो ।

नेकपा एमालेले माधवकुमार नेपालसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, कलिला खातुन, सरला यादव, कृष्णलाल महर्जन, मेटमणि चौधरी र भवानी खापुङलाई कारवाही गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।

तर, नेपाल समूहले दलको मान्यता पाइसकेकाे भन्दै संसद सचिवालयले १४ सांसदमाथि अब कारवाही गर्नुपर्ने अवस्था नआएको निर्णय गरेको हो। यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेको र ती सांसदहरु नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url