शिक्षकको तलब ३४ हजारदेखि ६० हजारसम्म

काठमाडौँ,

सरकारले नयाँ आर्थिक वर्ष अर्थात् १ साउनदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।

प्राथमिक, निम्‍नमाध्यमिक र माध्यमिक तहका प्रथम, द्वितीय र तृतीय श्रेणीका शिक्षकहरूको बढेको तलब १ साउनदेखि लागू भएको हो ।

शिक्षकको तलब न्यूनतम २८ हजार ६ सय १० देखि ४९ हजार ३ सय ८० रुपैयाँसम्म भए पनि ग्रेडसमेत थपिँदा शिक्षकहरूले न्यूनतम ३४ हजार ३ सय ३४ देखि अधिकतम ५९ हजार २ सय ५६ सम्म पुगेको छ  । 

प्राथमिक तह (तृतीय) मा अध्यापन गराउने शिक्षकको तलब ३४ हजार ३ सय ३४ रहेको छ भने माध्यमिक (प्रथम) मा पढाउने शिक्षकको तलब ५९ हजार २ सय ५६ पुगेको छ । 



यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url