20 Jul 2021

कसरी पढ्ने, पढेको कुरा कसरी बुझ्ने र सम्झिने

पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान तथा बोध हुने गरी अध्ययन गर्नु,अभ्यास गर्नु,घोक्नु पढ्नु हो भने पढेका कुरालाई जीवनमा रचनात्मक तरिकाले लागू गर्ने कुरा प्रयोगिक कला हो । पढेका ज्ञानलाई ब्यवस्थित गर्नु, वर्गीकरण गर्नु, प्रयोगिक अभ्यास गर्नु, प्रमाणीकरण गर्नु कला र बिज्ञान सम्मत बनाउनु हो । पठनकला भनेको राम्रो सँग पढ्ने, पढेको सम्झने, ब्यवहारमा प्रयोग गर्ने, ततअनुसार जीवनशैली बिकास गर्ने भन्ने बुझिन्छ ।

फ्रान्स लेबोविट्स भन्छ्न्- 'तपाईंले बोल्नु अघि सोच्नुहोस् । सोच्नुभन्दा पहिले पढ्नुहोस् ।' हो त बोल्नु र सोच्नु को मात्र होइन लेखाइको श्रोत पनि हो पढाइ ।

जर्ज आरआर मार्टिन भन्छ्न्-"एक पाठक आफ्नो मृत्यु हुनुभन्दा अगाडि हजार मानिस बाँच्दछ । कहिल्यै पनि पढ्ने मानिस एक्लो रहन सक्छ ।” जीवनमा त्यही मानिसले जीवनलाई जीवित राख्छ जो अध्ययन गर्छ ।

डेकार्टेट्स भन्छ्न्-"सबै राम्रा किताबहरू पढ्नु भनेको विगत शताब्दीका सर्वश्रेष्ठ (मानिसहरू) सँग कुराकानी गर्नुजस्तै हो ।” कितावले हामीलाई बिगत र भबिश्यको यात्रा गराउँछ । जीवनको तयारी गराउँछ ।

के थाहा ओरहानले भनेजस्तै- "मैले एक दिन एउटा पुस्तक पढें र मेरो सम्पूर्ण जीवन परिवर्तन भयो।" तपाइको पनि जीवन परिवर्तन हुन सक्छ कि ।

आध्यात्मिक पुस्तकहरुले आन्तरिक शक्ति दिन्छ्न् । आत्माबल बढाउछ्न् । हिन्दुहरुको ग्रन्थ `भागवत गीता´, स्वामी प्रपन्नचार्यको `बिचार बिज्ञान´ ,एकट ट्ल्सको `दी पावर अफ नाउ,´ वान डायरको `दी पावर अफ इन्टेन्सन ।´  शिव खेराको `यू क्यान विन ।´राम्रा पुस्तकले राम्रै बनाउछ ।

हेनरी डेभिड थोरो भन्छ्न् -"सब भन्दा राम्रो पुस्तकहरू पहिले पढ्नुहोस्, वा तपाईंलाई यो पढ्ने मौका नहुन सक्छ।"

कुन उद्देश्यले तपाई पढ्दै हुनुहुन्छ ? त्यहीँ प्रकारको पढाइ पढ्नु आवश्यक छ ।

१. बुझ्ने पढाई: सामान्य कुराहरु बुझ्ने उद्देश्यले गरिएको पढाइ बुझ्ने पढाइ हो।यस्तो पढाइको उद्देश्य पठनबोध हुन्छ ।

२. सम्झने पढाइ: निश्चित परीक्षा तयारी गर्ने आवश्यकता र सन्दर्भका आधारमा गरिएको पढाइ सम्झने पढाइ हो । थोरै पढ्ने, सोच्ने र सम्झने अभ्यास गर्नु राम्रो हुन्छ ।

३. सूचनामूलक पढाइ: खास सूचना प्राप्त गर्ने उद्देश्यले गरेको पढाइ सामान्य पढाइ हो। सूचना र तथ्य संकलन  गर्ने गरि पढिन्छ ।

४. सामान्य पढाइ: यस्तो पढाइ त्यत्तिकै  आवश्यकता विहिन अवस्थामा गरेको पढाइ हो।

५. आनन्ददायी पढाइ: मनोरञ्जन तथा समय कटाउने उद्देश्यले गरेको पढाइ आनन्ददायी पढाइ हो।

६. विश्लेषणात्मक पढाइ: कुनै सिद्धान्त तथ्य घटना आदिलाई विश्लेषण गर्ने उद्देश्यले गरेको पढाइ बिश्लेषणात्मक पढाइ हो।यसले बिश्लेषणात्मक ज्ञान र सिपको बिकास गर्न मद्द्त गर्द्छ ।

७. सिर्जनात्मक पढाइ: खास रचना कविता कथा लेख आदि लेख्नका लागि ज्ञान बढाउने उद्देश्यले गरिएको पढाइ सिर्जनात्मक पढाइ हो ।

८. अन्वेषणात्मक पढाइ: कुनै घटना ,सिद्धान्त तथ्य सन्दर्भ  आदीको अध्ययन विश्लेषण तथा आवश्यकतानुसार निर्णय लिने उद्देश्यले गरिएको पढाइ अन्वेषणात्मक पढाइ हो । पढ्ने बेला तपाईंको ध्यान अन्तै छ भने पढेको कुरा याद गर्न सकिन्न । कसरी पढ्ने कौशल बिकास गर्ने ?

यस्ता छन् पढ्ने केही तरिकाहरुः

१. अन्डरलाइन गरेर पढ्ने

पढेको कुरा सम्झनको लागि मुख्य बुदाँमा अन्डरलाइन गर्ने पनि एक तरिका हो जसले पढेको कुरा सम्झन मद्दत गर्छ । बास्तवमा नबिर्सियोस भनेर यसो गरिन्छ । पुनः हेर्दा स्पष्ट देखियोस भन्ने पनि एउटा कुरा हो ।

२. टेक्स्ट्को थिम बुझ्ने

टेक्स्ट लामो भए पनि त्यसको थिम थोरै वा केही बाक्यको मात्र हुन्छ । हो, त्यो के हो त्यसलाई पक्रनु पर्छ । त्यसको लागि खास खास बुदा वा तर्कले काम गरेको हुन्छ ती के के हुन पत्ता लगाउनु आवश्यक हुन्छ ।

३ पूर्वज्ञानलाई सक्रिय पार्नु

पढेको कुरा बुझ्ने पनि चेन हुन्छ । सरल कुरा नबुझी जटिल कुरा बुझिन्न । पूर्वज्ञानको आधारमा पढाइ हुने हुदा त्यसलाई सक्रिय बनाउनु आवश्यक हुन्छ ।

४ रोकिने दोहोरिने

पढ्दा पढ्दै पढेको कुरा सम्झिन र बुज्न रोकिदै पढ्दै गर्नुपर्छ। नत्र पढोँ पढोँ पाठ सोर्‍ह दुना आठ हुन्छ।रोकिदै दोहोर्‍याउदै पढ्ने पनि एउटा तरिका हो । कला हो ।

५ महत्वपूर्ण कुराहरु टिपोट गर्ने

अन्डरलाइन गर्ने र थिम बुझ्ने मात्र होइन । पढ्दा महत्वपूर्ण लागेको कुरा टिपोट गर्नु पर्छ । टिपेको कुरा मनन र स्मरण गर्नुपर्छ ।

६. नोट बनाउने

आफ्नो नोट आफैँले बनाउँदा राम्रो हुन्छ। सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने बानी राम्रो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिदैन् । पढन पनि सजिलो हुन्छ ।

७. रचनात्मक हिसावबाट पढ्नु

पढ्नु स्वयंमा रचनात्मक प्रक्रिया हो । यस अन्तर्गत पाठकले लिखित शब्दहरूको सक्रिय आदानप्रदान गरेर अर्थको निर्माण गर्छ र रमाउछ । मौलिक ढंगले पढ्नु कला हो ।

८. लेख्ने पूर्वाभ्यास गर्ने

प्रायः जसोको परीक्षा अघि प्रश्नहरुको लेख्ने अभ्यास गर्ने बानी हुदैन् र असफलता हात लाग्छ । पढ्दै लेख्दै गर्ने बानीले आत्मबल पनि बढ्छ । सफलता पनि हात लाग्छ ।

९. सट्कर्ट बनाएर पढ्ने

कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ ।  विज्ञान, अर्थशास्त्र र गणितका सूत्रहरु सम्झन सट्कट बनाउँदा सजिलो हुन्छ । बुदाँहरुलाई पनि सट्कर्ट बनाएर याद गर्दा छिटै याद हुन्छ ।

१०. महत्त्वपूर्ण कुराहरू मनन गर्ने

पढेको कुरा फेरि दोहोऱ्याउने र अरूलाई त्यो बताउने मौका पाए नछोड्ने । महत्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक हुन्छ भन्ने बुझ्नु पर्छ ।

११. भाषा, शब्द र वाक्यलाई पक्कड्मा लिनु

कस्तो भाषा शैली छ ? कुन कुन शब्द छ्न् के कस्तो अर्थ दिइरहेको छ । शब्दले बाक्यको संरचनामा के भन्न खोजीरहेको छ।स्पष्ट बुझेर पढ्नु पर्छ ।

१२. प्रयोगात्मकमा ध्यान दिने

कतिपय कुराहरुको प्रक्टिकल गर्दा याद हुन्छ।पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

१३. सोच बिचार गर्ने

सोचाइ र बुझाइको एउटा तह हुन्छ।उक्त तहको निर्माण स्वयं ब्यक्तिले गरेको हुनुपर्छ । त्यही फरक भएर त कसैले एक्कै चोटि पढ्दा बुझ्छ्न कसैले दशौं चोटि सम्म पढ्नु पर्छ ।

१४. प्रश्नोत्तर गर्ने

प्रश्नौत्तर गर्दा छिटो सिकिन्छ।साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न । सानो टिम बनाउने, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्ने, यसले गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ । साथि समूहबाट सिकिन्छ ।

१५. साथीहरूसँग पर्याप्त छलफल गर्ने

पढ्दा  कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । मिल्ने समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्यारा विषय समेत सहज बन्छन् । छ्लफलले बिषयवस्तुलाई थप स्पष्ट पार्छ ।

१६. आत्मबल उच्च राख्ने

पढ्दै गर्दा हिनताभाव तथा लघुतभासलाई त्याग्ने गर्नुपर्छ।सकारात्मक हुँदै उच्च आत्मविश्वासका साथ ध्यान दिएर पढ्ने हो भने पढेको आउँछ ।

१७. टाइमटेबल बनाउने

पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ । पढ्नको लागि बिहानको समय उत्तम मानिन्छ तथापि पाठकलाई कुन समय उपर्युक्त हुन्छ त्यही अनुसार पढ्नु पर्छ ।

१८. आफ्ना शब्दमा प्रस्तुत गर्नु

पढेको कुरालाई आफ्नो धारणा बनाउनु राम्रो हुन्छ।आफ्ना शब्दमा त्यसलाई उतार्दा सम्झन सजिलो हुन्छ । अर्थपूर्ण लाग्छ । आफ्नो शब्दमा ढालेर लेख्ने गर्नु राम्रो मानिन्छ ।

१९. चार्ट बनाएर पढ्ने

धेरैजसो पढाइमा टप गरेका व्यक्तिको पढाई शैली हेर्दा उनीहरूले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । यसो गर्दा सजिलै पढेको याद पनि हुन्छ।सिकाइबारे पढ्दा सिकाइको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।

२०. पाठको निष्कर्ष बुझ्नु

के उद्देश्यले पढेको हो ? कुन उद्देश्यले पाठ लेखिएको हो त्यो कुरा राम्रोसँग बुझेको ब्यक्तिले मात्र निष्कर्ष दिनसक्छ्न् । हरेक पाठको खास निष्कर्ष हुन्छ । त्यो के हो, पाठकले उक्त कुरा समाउन सक्नु पर्छ ।

पढ्नै मन लाग्दैन ? म त परीक्षा आएपछि मात्रै पढ्ने हो । पढेको पट्क्कै घुस्तैन् के गर्ने ? अब त पढ्छु भन्यो, दिमागमा बसे पो ! धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् ।

पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्–

१. हामी जुन विषय पढिरहेका हुन्छौँ त्यसमै केन्द्रित हुनुपर्छ ।

२. कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ ।

३.पठन बिषयबस्तुमा रुचि जगाउने तथा बढाउने  गर्नुपर्छ।

४.पढ्ने कोठामा सीमित किताब राख्नुपर्छ।पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुदैन् ।

५.पढ्नको लागि निश्चित समय तालिका बनाएर त्यसको पालना गर्नुपर्छ।

६. आफ्नो पढाइको लक्ष्य के हो सो निर्धारण गर्नुपर्छ।

७. सञ्चारका प्रविधिहरुको सहि प्रयोग गर्नुपर्छ।

८. अब्बल साथीहरुको संगतगर्नुपर्छ।

९. सफल व्यक्तिका जीवनी पढेर प्रेरणा लिनुपर्छ।

१०. जुन विषयमा आफ्नो ज्यादा रुचि छ, त्यसैतर्फ बढी अग्रसर हुनुपर्छ ।

११.पहिला पढाइ अनुकुल बाताबरण सिर्जना गर्नुपर्छ।

आफ्नो पठन सीप कसरी उपयुक्त हुन्छ भन्ने कुरा आफैलाई मात्र थाहा हुन्छ । आ- आफ्नै विधि र तरिका हुन्छ्न् । त्यही अनुसार पढ्नु धेरै बैज्ञानिक हुन्छ । यी माथिका विधि र तरिकाहरु तपाईको अध्ययन तरिकासँग मेल खान सक्छ कि ?

अरु पनि तरिकाहरु छन्

धोत्लिएर रातो दिन पढ्नुहुन्छ ? जति घोटेर पढ्यो बिर्सि हालिन्छ । परिक्षाका बेला भुलिहाल्छ । फेल हुने धेरै समस्या छ । अब चिन्ता नलिनुहोस् । हुने त पढेको कुरा दिमागमा नबस्दा विद्याथीहरु झन् चिन्तित हुन्छन् । आफ्नो क्षमता कम भएको अनुभव हुन्छ । जसले असफलता बनाउँछ । दिमाग सक्रिय छ भने एकदमै महत्त्वपूर्ण कुरा पढ्‌दा वा सुन्दा तिनमा चासो लिन सक्नेछौं। पढेको कुरा सम्झनु पनि महत्त्वपूर्ण छ। यस क्षेत्रमा उन्‍नति गर्न तपाईं कसरी मदत पाउन सक्नुहुन्छरु पढेको कुरामा चासो दियौं र पढेको कुरा बुझ्ने प्रयास गऱ्‍यौं भने मदत पाउन सक्नुहुन्छ। पूरा ध्यान दिन जे पढ्‌दैछौं त्यसमा गहिरो चासो लिनै पर्छ। पढ्‌ने बेला तपाईंको ध्यान अन्तै छ भने पढेको कुरा याद गर्न सक्नुहुन्‍न। आफूलाई थाह भएका कुरासित अहिले पाएको जानकारी दाँज्दा पनि तपाईंको ज्ञान बढ्‌नेछ।

• आफैलाई सोध्नुहोस्‌ : ‘म यो जानकारी आफ्नो जीवनमा कहिले र कसरी लागू गर्न सक्छुरु यो जानकारी अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छुरु’ एक( एक शब्दको साटो शब्दहरूको समूह अर्थात्‌ वाक्यांशहरू पढ्‌दा पनि तपाईं अझ राम्ररी बुझ्न सक्नुहुन्छ। यसरी तपाईंले कुनै पनि जानकारी वा त्यसको मुख्य बुँदा झट्टै बुझ्न सक्नुहुन्छ र सम्झन झनै सजिलो हुन्छ।

• अन्डरलाइन गरेर पढ्ने : कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्याउँदा सम्झन सजिलो हुन्छ ।

• आफ्नो नोट आफैँ बनाउने : धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

• लेख्ने पूर्वाभ्यास : पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

• सर्टकट बनाएर पढ्ने : कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पाइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

• महत्त्वपूर्ण कुराहरू मनन गर्नुहोस्‌ : पढेको कुरा फेरि दोहोऱ्‍याउनु र अरूलाई त्यो बताउनुका साथै ती महत्त्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक छ भन्‍ने तपाईंले थाह पाउनुहुन्छ।

• प्रयोगात्मकमा ध्यान दिने : पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईँ नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

• प्रश्नोत्तर गर्ने : साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पाइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

• साथीहरूसँग पर्याप्त छलफल गर्ने : पढ्दापढ्दै कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।

• सिम्बोल दिने : पढेका कुरालाई याद गर्नलाई सङ्केत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।

• टाइमटेबल बनाउने : बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

• चार्ट बनाएर पढ्ने : धेरैजसो पढाइमा टप गरेका व्यक्तिको पढाई शैली हेर्दा उनीहरूले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।




प्रतिक्रिया दिनुहोस

बिज्ञापनको लागि सम्पर्क - ९८५७६२१९२० / 9857621920 - Email:- digitalparikalpanaa@gmail.com