प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने



काठमाण्डाै,

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने हुनु भएको छ । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनु हुने सचिवालयले जनाएको छ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । 

विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा एमालेका माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरे पनि प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url