10 Jun 2021

गाँजालाई लागुपदार्थको सूचीबाट राष्ट्रसंघले हटायो

पोखरा, 

लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बहुमतका आधारमा गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार अब गाँजालाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।

सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा नेपालसहित २७ देशले समर्थन जनाएका थिए । भने २५ देशको विपक्षमा मत परेको थियो।

विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन रऔषधिय गूण भएको बनस्पतिको सूचीमा राख्न संयुक्त राष्ट्र संघलाई  पत्र लेखेको थियो ।

आयुर्वेदीक औषधीको रुपमा प्रयोग गरिने गाँजा दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस

बिज्ञापनको लागि सम्पर्क - ९८५७६२१९२० / 9857621920 - Email:- digitalparikalpanaa@gmail.com