7 May 2021

कोरोना भाईरस(COVID-19) पश्चात नेपाली पर्यटन क्षेत्रको पथ

पृष्ठभुमी

    
माधव सुबेदी

जव सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ २०२० लाई Visit Nepal का रूपमा मनाउने निर्णय गर्यो, लगानीकर्ताहरुमा नयाँ जोस, उत्साह र आत्मविश्वास पलायो । नयाँ सपना र योजनाका साथ बित्तिय संस्थाहरुबाट रिण लिएरै भएपनि आवस्यक पुर्वाधार निर्माण गरिए, कर्मचारी लगाएतका मानविय साधनहरुमा पनि धेरै लगानी गरियो । यता सरकारी तवरबाट पनि देशविदेशमा विभिन्न प्रचार प्रसार, गोष्टी, सेमिनारहरु गरिए,  BBC, CNN, Al Arebiya, Fox News लगाएतका विश्वप्रख्यात सन्चार माध्यम मार्फत बिज्ञापन गरियो, विश्वको सवैभन्दा अग्लो टावर Burj Khalifa मा “Visit Nepal 2020” लेखिएको लोगो देखाइयो,राष्ट्रिय झण्डा फर्फराईयो। यसरिनै निजी तथा सरकारी तवरबाट उल्लेखनिय रुपमा काम भइरहेकै थियो ।

त्यससंगै विश्वमा कोरोना भाईरस(COVID-19)को माहामारी सुरु भयो। चिनमा पत्ता लागेको केही महिनामै यस भाईरसले आफ्नो प्रभाव विश्वभरी फैलायो र त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । विकासको पथमा भर्खर भर्खर बामे सर्न लागेको नेपाली पर्यटन ब्यवसायको मुनो भाँचियो । निजी लगानिकर्ता तथा सरकारले देखेका सपनाहरु चकनाचुर भए

अवको बाटो

मानव सभ्यताको सुरुवातदेखिनै मानव जाती विभिन्न चुनौतीहरुको सामना गर्दै आफ्नो अस्तित्वलाई जोगाउँदै र विकाश गर्दै आएको छ । १७२० मा फैलिएको Grate plague मा झण्डै एक लाख मान्छे मरे , १८२० मा फैलिएको Cholera ले पनि थुप्रै मान्छे मरे, त्यस्तै १९१८ मा फैलिएको Spanish Flu  मा परि झण्डै ५ करोड मान्छेले ज्यान गुमाए, २०१४ मा फैलिएको Ebola virus ले पनि थुप्रै मान्छेले ज्यान गुमाउनु पर्यो । यि रोगहरुलाई हराएर आजको विश्व आजको दिनमा आएको छ । आशा गरौँ त्यस्तै गरि कोरोनालाई पनि मानव सभ्यताले छिटैनै प्रहास्त गर्ने छ।

कोरोनाले पारेको असरको न्यूनिकरण गर्दै पर्यटन विकास मार्फत राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनु नेपालका लागि अपरिहार्य छ । यसका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको परिचालन मार्फत विभिन्न चुनौतिहरुको सामना गर्नु आजको आवश्यकता हो ।

स्थानीय निकायलाई पर्यटन विकासका सन्दर्भमा बढीभन्दा बढी सचेतसक्षमजागरुक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन। ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्ने गरी  पर्यटकीय क्रियाकलापको प्रवद्र्धन गर्न कत्ति पनि विलम्ब गर्न हुँदैन।

चुनौतिहरु

  1. कोरोनाबाट देखिएको मन्दीबाट लगानिकर्ता र लगानिको संरक्षण गर्नु

  2. कोरोनाका कारणले जनतामा परेको पर्यटक सम्वन्धी नकरात्मक प्रभावको निराकरण गर्नु

  3. पर्यटकीय सुचनाको विकास र व्यवस्थापन

  4. पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचित वितरण

  5.  प्राचिन सम्पदाहरुको संरक्षण गर्नु

  6.  यातायातका साधनहरुलाई सुरक्षित, नियमित र भरपर्दो बनाउनु

  7.  पूर्वाधार विकासमा लगानी बढाउनु

  8. दक्ष, व्यवसायिक जनशक्तिको विकास

  9.  नयाँ पर्यटकिय गन्तव्यको पहिचान, व्यवस्थापन तथा प्रचारप्रसार

  10. पर्यटन व्यवसायमा प्रतिष्पर्धात्मक क्षमताको विकास 

  11.  मौलिक कला संस्कृतिको संरक्षण र विकास

  12. होम स्टे को अवधारणाई विकास तथा विस्तार गर्नु 

  13.  पर्यटकको सरदर वसाई तथा खर्चमा बृद्धी

  14.  स्थानिय जनतामा पर्यटकीय शिक्षा र चेतना अभिबृद्धि 

समस्या नै परिवर्तनको कारक हो” भन्ने भनाईलाई आत्मसाथ गर्दै यो विस्व महामारीबाट उत्पन्न भएको परिस्थितिलाई अवसरको रुपमा प्रयोग गर्नुको विकल्प छैन । मुख्यत अवको पर्यटन क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी तवरबाट समान रुपमा दायित्व बोध गर्दै सोहि बमोजिम कार्ययोजना बनाई अगि बढ्नुपर्ने देखिन्छ । कोरोना महामारी र यसले निम्त्याएको मन्दिबाट पर्यटन व्यवसायलाई कसरी उकास्ने र विकास गर्ने भन्ने कुरा आजको मुख्य चुनौतीको विषय हो ।

लगानीको संरक्षण

भिजिट नेपाल २०२०’ लाई  लक्षित गरि नेपाल सरकारले पूर्वाधार विकास र अन्य पर्यटनमुखी कार्यक्रमहरूका  निम्ति भनि  ५.२ अर्ब बजेट विनियोजन गर्यो त्यस्तै निजी क्षेत्रहरुले पनि अर्बौंको लगानी गरे । भिजिट नेपालकै लागि भनेर निजी क्षेत्रहरुले आफ्नै लगानीमा थुप्रै होटल, लज, गेस्टहाउस, होम स्टेको स्थापना गरेका छन् । ति लगानीकर्ताहरुमा कोरोना महामारीले ठूलो क्षती पुर्याएको यो अवस्थामा लगानिकर्ताहरुका लागि टाउको दुखाईको विषय त यो छ कि:

बैंकहरुवाट लिएको रिण र सो को ब्याज कसरी तिर्ने ?

भाडामा लिईएका घर तथा जग्गाको सुल्क कसरी तिर्ने ?

भर्ना गरिएका कर्मचारीलाइ कसरी तलब दिने ?

यो संक्रमणकालिन अवस्थामा सरकारले चाल्ने कदमले नेपालको पर्यटन क्षेत्रको भविस्य निर्धारण गर्छ । जवसम्म लगानिकर्ता आफ्नो लगानी सुरक्षित छ भन्ने कुरामा ढुक्क हुँदैन तवसम्म लगानी बढ्दैन र राज्यद्वारा अपेक्षित उपलब्धी हासिल हुँदैन । लगानिकर्ताहरू निरुत्साही भएको समएमा राज्यको तर्फबाट ति लगानीको संरक्षण गरिनुपर्छ । पर्यटन क्षेत्रमा पछिल्लो समए देखा परेको आर्थिक संकटलाई निराकरण गर्न सरकारी तथा निजी  क्षेत्रबाट चालिनुपर्ने कदमहरू,

  1. लगानीका लागि बैंकहरुबाट लिइएको रिणको ब्याज न्यूनिकरण गर्न पहल गर्ने ।

  2. पर्यटन ब्यवसायमा सामान्य अवस्था नआएसम्म यि क्षेत्रहरुलाई करमा सहुलियत प्रदान गर्ने ।

  3. बिमा सम्वन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

  4.  लगानिकर्तालाई उत्प्रेरित बनाउन बिभिन्न नितीगत ब्यवस्था गर्ने 

नेपालमा पर्यटन क्षेत्रले कुल रोजगारीको ३.२ प्रतिशत रोजगारी (प्रत्यक्ष तथा अप्रत्यक्ष) सृजना गरेको छ।  जि.डि.पि.मा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान  प्रतिशत रहेको छ। राज्यका तर्फबाट उचित कदम चालिएको खण्डमा कुल रोज

विश्व अर्थतन्त्रको सुधार

जव मानिस आधारभुत आवश्यकता पुर्ति गर्दै आर्थिक रुपमा सवल बन्छ तव मात्र उ मनोरन्जन तर्फ आकर्षीत हुन्छ। मनोरन्जनका लागि देशविदेश घुम्छ । आजको दिनमा विश्वमा कोरोनाका कारणले करोडौँ मानिसहरु बेरोजगार भएका छन्, बिकसित भनिएका मुलुकको अर्थतन्त्र ध्वस्त भएको छ । अझ नेपाल जस्ता विकास उन्मुख राष्ट्रहरको त कुरै छाडौँ। त्यसैले विश्व अर्थतन्त्रको सुधार नभएसम्मका लगि पर्यटन व्यवसाय ले अझै मन्दीको सामना गर्नु पर्ने नै छ । तर यसबाट पर्यटन क्षेत्रलाई बचाउन आन्तरिक पर्यटनले महत्वपुर्ण भुमिका खेल्न सक्छ ।

आन्तरिक पर्यटनको विकल्प छैन

ब्यवसायमा समस्या, चुनौतीहरु आउँछन् र तिनको समाधान पनि हुन्छ । यो प्रतिकुल अवस्थाबाट नेपाली पर्यटन क्षेत्रलाई जोगाईराख्न, र व्यबसायको विस्तार गर्न आन्तरिक पर्यटनको विकल्प छैन । कोरोना महामारी निर्मुल भैसके पश्चात सम्वन्धित सरकारी तथा गैरसरकारी निकाएले आन्तरिक पर्यटनको विकासमा ध्यान दिनुपर्छ । पर्यटकले मुलुकभित्रै भ्रमण गर्दा लगानिकर्ताहरुले केहि मात्रामा भएपनि आम्दानी गर्छन्, यसले अन्तराष्ट्रिय पर्यटकहरुको आगमन नभएसम्मका लागि पर्यटन ब्यवसायीहरुलाई व्यवसाय सन्चालन गरिराख्न उत्प्रेरित गर्छ।

अन्त्यमा

कोरोना आयो केहि समयमा जाला यो समयले बताउला तर यसका कारणले मानव सभ्यतामा पारेका नगरात्मक असरहरु न्यूनिकरण गर्दै आर्थिक एवं सामाजिक विकासका लागि पथ निर्धारण गर्दै अघि बढ्नु अवको मुख्य चुनौतिको विषय हो । नेपालका लागि पर्यटन क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र हो । यो समयमा देखा परेका समस्या व्यवस्थापन गर्दै, सार्वजनिक तथा निजी क्षेत्रहरूको सहकार्यता र सक्रियतामार्फत अघि बढ्न सकेको खण्ड मा कोरोनाको समाप्ती पश्चात नेपाली पर्यटन क्षेत्रको भविष्य उज्यालो हुन सक्छ ।



माधव सुबेदी, वेनी नगरपालिका, , म्याग्दी



प्रतिक्रिया दिनुहोस

बिज्ञापनको लागि सम्पर्क - ९८५७६२१९२० / 9857621920 - Email:- digitalparikalpanaa@gmail.com